विदेशमा ज्यान गुमाएका ७ सय ५३ कामदारका परिवारलाई ४८ करोड सहायता « Khabarhub

विदेशमा ज्यान गुमाएका ७ सय ५३ कामदारका परिवारलाई ४८ करोड सहायता


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७ सय ५३ जना कामदारका परिवारलाई ४८ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले मृतक २३ महिला र ७ सय ३० पुरुष कामदारका परिवारलाई ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ ।

बोर्डले अंगभंग तथा बिरामी ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ आर्थिक सहायता दिएको जानकारी दिएको छ । गत आर्थिक वर्ष १२ महिला र ३ सय २३ पुरुष कामदारले सहयोग पाएका छन् । बोर्डले बिरामीको प्रकृति र मात्राका आधारमा आर्थिक सहायता दिदै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा करार अवधि भित्रै मृत्यु भएमा मृतक कामदारका आश्रित परिवारले ७ लाखका दरले आर्थिक सहायता पाउँदै आएका छन् । बोर्डले वैदेशिक रोजगारकिा क्रममा विभिन्न कारणले अलपत्र परेका ७८ नेपाली कामदारलाई ६ करोड ५६ लाख पाँच हजार ५ सय ५४ खर्च गरी उद्दार गरेको र ज्यान गुमाएका ८२ नेपाली कामदारको शव नेपाल झिकाएको आर्थिक सहायता दिएको जनाएको छ ।

सरकारले मृतक वा अंगभंग हुनेहरुका सहायताका लागि कामदार कल्याणकारी कोष स्थापना गरेको छ । संकलित सोहि रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरुका लागि सहायता उपलब्ध गराउने छ ।

खाडीका देश र मलेसियामा जाने कामदारले एक हजार पाँच सय रुपैयाँ कोषका लागि बुझाउनु पर्छ भने दक्षिण कोरिया, जापान, इजरायल, अमेरिका र युरोपका देशमा जाने युवाहरुले दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषका लागि जम्मा गर्नुपर्छ । कामदार कल्याणकारी कोषमा चार अर्बभन्दा बढी रकम जम्मा भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ११ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले