मुटुसम्बन्धी रोगका बिरामीलाई अल्लोका कपडाले पुग्छ फाइदा « Khabarhub

मुटुसम्बन्धी रोगका बिरामीलाई अल्लोका कपडाले पुग्छ फाइदा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु ९अल्लो० बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् ।

ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए ।

ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन् । परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन् ।

अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गङ्गा घर्तीमगरले बताइन् । विगत छ वर्ष अल्लोको कपडा उत्पादन गर्दै आएकी ४५ वर्षीया गङ्गा भन्छिन्, “बागलुङसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन् ।” मागअनुसारका कपडा बनाउन नसकेको उनको भनाइ छ ।

जङ्गलबाट सङ्कलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ ।

उद्यमीहरुका अनुसार ६०र७० मिटरको तानमा बुनेको कपडालाई रु ३५ हजारसम्म बिक्री हुने गर्दछ । यस्तै हातले बुनेको झोला, गन्जी, भाङ्ग्रालाई रु तीनरतीन हजार, सललाई रु दुई हजारमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताइन् । ।

केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले रु सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ ।

स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ । स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ ।

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मूलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ । जङ्गल, खोल्साखोल्सीलगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोत्ताबाट मूल्यवान् कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीको भनाइ रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ०८ बजे

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध