काठमाडौंमा गाँजासहित बेपत्ता भएका व्यक्ति नुवाकोटबाट पक्राउ « Khabarhub

काठमाडौंमा गाँजासहित बेपत्ता भएका व्यक्ति नुवाकोटबाट पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले पक्राउ गर्न खोज्दा ३ किलो गाँजासहित भागेका एक व्यक्ति ५ दिनपछि पक्राउ परेका छन् ।

नुवाकोटको तारकेश्वर घर भइ काठमाडौंको बौद्ध बस्ने २९ वर्षी कृष्ण श्रेष्ठ साउन ५ गते काठमाडौं महानगरपालिका–९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउमा ३ किलो गाँजासहित फेला परेका थिए ।

विशेष सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । तर, आफूलाई पक्राउ गर्न प्रहरी आएको खबर पाएपछि श्रेष्ठ गाँजासहित भागेका थिए ।

तर, भागेको ५ दिनपछि शुक्रबार पक्राउ परेका छन् । श्रेष्ठलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

स्थानीय प्रहरीसँगको समन्वयमा काठमाडौंबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई उनको घर (नुवाकोटको तार्केश्वर)बाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ०० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती