‘हजार जुनीसम्म’ को ट्रेलर, आर्यन बने असफल प्रेमी « Khabarhub

‘हजार जुनीसम्म’ को ट्रेलर, आर्यन बने असफल प्रेमी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकास राज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । लभस्टोरी जानरामा निर्माण भएको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

फिल्मको ट्रेलर युट्युबमार्फत पनि सार्वजनिक गरिएको छ । युट्युबमा फ्यानले फिल्मको प्रतीक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

ट्रेलरमा एक पागलप्रेमीको कथा देखाइएको छ । जो आफ्नो मायाको लागि पूरै जीवन बिताउन सक्छ । फिल्ममा आर्यन सिग्देललाई प्रेमीका रुपमा प्रस्तुत गरिएको छ ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा लगानी पनि उनकै छ । यस्तै फिल्ममा स्वस्तिमा खड्का, प्रियंका कार्की, सञ्चिता लुइँटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी, अखिलेस प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ भने सम्पादन अर्जुन जिसीको रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको यो फिल्मको स्किृप्ट/संवाद सामीप्यराज तिमिल्सिना र निर्देशक आचार्यले लेखेका हुन् । फिल्म यही साउन ३० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : १२ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना