सुदूरपश्चिममा १ वर्षमा दुर्घटनामा २२३ जनाले ज्यान गुमाए « Khabarhub

सुदूरपश्चिममा १ वर्षमा दुर्घटनामा २२३ जनाले ज्यान गुमाए


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । ट्राफिकका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा साना ठूला गरी कूल २३४ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा परी २२३ ले ज्यान गुमाएका छन् भने ४३४ घाइते भएका छन् । उनका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुरामा ३५, अछाममा १३, कञ्चनपुरमा ४५, बैतडीमा १०, दार्चुलामा १५, बझाङमा २४, बाजुरामा ६ र डोटीमा ९ जनाको दुर्घटनामा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा पुरुष १५६, महिला ४४ र बालबालिका २३ छन् । ट्राफिकका अनुसार दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल चालक छन् ।

सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको निरीक्षक साउदले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ