‘जाइरा’को आइटम गीत रिलिज (भिडियो) « Khabarhub

‘जाइरा’को आइटम गीत रिलिज (भिडियो)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक गरिएको छ । शुक्रबार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर सुन्न सकिन्छ भने वरिष्ठ गीतकार किरण खरेलका शब्द छन् । यस्तै गीतमा शिव शंकरको संगीत रहेको छ । ।

यो गीत पुरानो फिल्म ‘मनको बाँध’मा समावेश गीतको रिमेक हो । ओर्जिनल गीतमा मीरा राणाको स्वर सुन्न सकिन्छ ।

शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको फिल्म हो । रिमेक भर्सनमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् ।

नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएको फिल्म ‘जाइरा’ आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले समेत मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ४५ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान