नख्खु बम विस्फोटका मुख्य योजनाकार दोर्जे पक्राउ « Khabarhub

नख्खु बम विस्फोटका मुख्य योजनाकार दोर्जे पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा गराइएको बम विस्फोटका मुख्य योजनाकार मानिएका दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त विस्फोटमा संलग्न भएको भनिएका ८ जनामध्ये दोर्जेसहित हालसम्म ७ जना पक्राउ परिसकेका छन्।

घटनामा संलग्न भई फरार रहेका भोजपुरको षडानन्द नगरपालिका–९ का ३३ वर्षीय शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध शाखा टेकुले जनाएको छ ।

पक्राउ परेका शेर्पा विप्लव नेतृत्वको नेकपाका युवा संगठन सदस्यसमेत हुन् । नख्खु बम विस्फोटका क्रममा शेर्पाले एनसेल कार्यालयका सेक्युरिटी गार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सिसिटिभी फुटेजमा देखिएको थियो।

नख्खु विस्फोटमा एक जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : १८ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा