नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधान खोज्छौंः परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधान खोज्छौंः परराष्ट्रमन्त्री ज्ञवाली


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतले निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै उनले सो समस्याको दीर्घकालीन समाधानका लागि ३ वर्ष अघि दुई मुलुकबीचको प्राविधिक टोलीले तयार पारेको भन्दै उनले डुबान समस्या समाधनसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताए ।

सो प्रतिवेदनमा भारतले आफूले बनाएको बाँधका कारण नेपालको भूमि डुबान भएको स्वीकार गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्दा द्धिपक्षीय हितलाई नै ध्यानमा राखेर अघि बढनुपर्ने पनि स्पष्ट पारे ।

उनले दुई मुलुकबीचको डुबान समस्या समाधानका लागि अव बस्ने मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने समझदारी गरिएको दावी गरे । अब छिटै बस्ने दुई मुलुकबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकले सो समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ ।

मन्त्री ज्ञवालीले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई प्रभावकारी ढंगले राहतको व्यवस्था गर्न सरकारले छुट्टै विपद व्यवस्थापन प्राधिकरण बनाउने तयारी गरिरहेको पनि बताए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन