यूवाहरुको करियरप्रति सचेत गराउन अन्तरक्रिया | Khabarhub Khabarhub

यूवाहरुको करियरप्रति सचेत गराउन अन्तरक्रिया


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षित भविष्यको लागि यूवाले चाल्नुपर्ने उचित कदमलाई शिक्षा प्रदायक संस्था प्लाटाेनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानीमा करिअर टक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरिएको हो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तिय संस्था, पर्यटन, सूचना तथा संचार प्रविधि (IT) का साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मजवुद बनाउँदै अघि धढ्ने भन्ने विषयमा कार्यक्रमका वक्ताहरुले भनाइ राखेका थिए ।

कार्यक्रममा ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनाेज ज्ञावलीले व्यवस्थापन संकायका विभिन्न क्षेत्रकाे जानकारी दिनुका साथै आत्मविस्वास र मेहनत गरेकाे खण्डमा उद्देश्य प्राप्त गर्न सकिने दृष्टान्त प्रस्तुत गरेका थिए ।

यस्तै नेपाल टुरिजम बाेर्डका बरिष्ठ व्यबस्थापक सुनिल शर्माले टुरिजममा भविष्य खाेज्न चाहने यूवाका लागि प्रशस्त अवसर रहेकाे बताए । नेपालकाे सकरात्मक पक्षलाई आत्मसाथ गरी सामाजिक सञ्जालमा सकृय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पूर्ण यूवाहरुलाई उत्प्रेरित गरे ।

कार्यक्रममा यूवा हास्य कलाकार सुजन जिम्वा, नेपाली जादुगर महादेव त्रिपाठीका साथै विभिन्न यूवा कलाकारहरुकाे उत्कृष्ट प्रस्तुति रहेकाे थियाे ।

राजधानीका विभिन्न कलेज साथै संघ संस्थाकाे सहभागितामा आयाेजित कार्यक्रममा प्लाटाेनिक एजुकेशनका प्रबन्ध निर्देशक (CEO) अजय महतले साे कार्यक्रम यूवाहरुले आफ्नाे भविष्य निर्धारण गर्न र सकारात्मक साेचका साथ अगाडि बढ्न प्रभावभारी रहेकाे बताए ।

कार्यक्रममा व्यवस्थापन संकायमा +2 सकेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ०९ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको