निर्मलाले न्याय कहिले पाउने ? (फोटो फिचर) « Khabarhub

निर्मलाले न्याय कहिले पाउने ? (फोटो फिचर)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले शुक्रबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।

ण्कञ्चनपुरकी बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो। आज १ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुले दीप प्रज्वलन गरेको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए ।

कार्यक्रममा ने वि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो । कार्यक्रममा महिलासंघकी महासचिव धना खतिवडा, विद्यार्थी नेताहरु रामप्रसाद अधिकारी, बलदेव तिमल्सिना, सुशील भट्ट लगायत नेता कार्यकर्ता सहभागी रहेका थिए ।

कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो । निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचन भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ४६ बजे

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको