निन्द्रा लागेन ? यसरी पुग्नुहोस गहिरो निन्द्रामा « Khabarhub

निन्द्रा लागेन ? यसरी पुग्नुहोस गहिरो निन्द्रामा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दिनभरीको थकानका कारण निदाउन सक्नु भएको छैन भने हामी तपाईंलाई चाँडै गहिरो निन्द्रामा पुग्न सक्ने केही उपाय सिकाउँदैछौ ।

निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्छ, जो एकदमै नराम्रो अभ्यास हो । मस्त मातेपछि बेहोसीमा सुत्ने बानीले स्वास्थ्यमा थप ठूलो हानी गर्छ ।

आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ । निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ ।

१. राति सुत्ने समयलाई नियमित गरौं । सम्भव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

२. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मनपर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोवाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपी भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने नगरौं, जसले एकाग्रता भंग गर्छ ।

३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

५. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

६. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : ४६ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट