जी सेभेन शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता, अमेरिका आश्चर्यचकित « Khabarhub

जी सेभेन शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता, अमेरिका आश्चर्यचकित


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका विदेशमन्त्रीले फ्रान्समा भएको जी सेभन सम्मेलनमा भ्रमण गरेपछि अमेरिकी प्रतिनिधिमण्डल आश्चर्यचिकत भएको छ।

पहिले घोषणा नगरिएको भएपनि इरानका विदेश मन्त्रीले जी सेभेनको सम्मेलनमा संक्षिप्त भ्रमण गरेका थिए ।

विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको उक्त सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भए जसमा अमेरिकी राष्ट्रपतिसहित विश्व नेताहरू भेला भएका थिए ।

बीबीसीका अनुसार अमेरिकी प्रतिनिधिमण्डल जरिफको भ्रमणबाट आश्चर्यचिकत भएको छ । अमेरिकाको इरानसँग तनाव चुलिएका बेला जरिफले राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा सहभागिता जनाएका हुन् । जरिफले सामाजिक सञ्जाल ट्विटरमा फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको बताएका छन्।

“अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ,” आइतवार साँझ उनले लेखेका छन् । उनले ट्विटरमै आफूले जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि सङ्क्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन्।

जरिफले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँग सम्मेलनको पूर्वसन्ध्यामा शुक्रवार पेरिसमा भेटेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३६ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी