रविलाई १० बजे अदालत लगिँदै, चितवन बन्दको सामान्य प्रभाव, सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

रविलाई १० बजे अदालत लगिँदै, चितवन बन्दको सामान्य प्रभाव, सुरक्षा व्यवस्था कडा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको भन्ने अभियोगमा आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान लिने काम शुरु भएको छ ।

आइतवार अस्मिता कार्कीको बयान लिने काम सकिएको बताइएको छ भने सोमवार (आज) १० बजेबाट रवि लामिछाने र युवराज कँडेलको बयानको लागि अदालतमा उनीहरूलाई उपस्थित गराइने भएको छ ।

स्थानीय प्रशासनले जिल्ला अदालत आसपासका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ र पाँच जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने सूचना जारी गरेको छ ।

प्रहरी चौकी र अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बयान सकिएपछि थुनछेकको बहस हुने छ । थुनछेकको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने छ।

उनीहरूलाई अनुसन्धानको लागि चितवन ल्याइएदेखि नै लामिछानेका समर्थकहरूले रिहाइको माग गर्दै प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि हुँदै आएका छन् ।

यसैबीच सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा घोषणा गरेको चितवन बन्दको त्यहाँ सामान्य प्रभाव परेको देखिएको छ। चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन