चितवनमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि प्रहरीको माइकिङ, रविलाई अदालत लगिँदै « Khabarhub

चितवनमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि प्रहरीको माइकिङ, रविलाई अदालत लगिँदै


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै सोमबार(आज) विहानै देखि प्रहरीले माइकिङ गरिरहेको छ । निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाइने भन्दै प्रशासनले माइकिङ गरेको हो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता भएसँगै प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मुद्दा दर्ता भएपछि आइतवार नै अदालतले अस्मिता कार्कीको वयान लिएको थियो । समय अभाव भएका कारण लामिछाने र कँडेलको वयान सोमबार(आज) का लागि तय भएको छ । उनीहरुलाई अदालत लगिदै छ । वयानपछि आजै थुनछेक बहस हुनेछ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रविका समर्थकले आईतवार(हिजो) प्रहरीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने र टायर बालेर प्रदर्शन गर्ने जस्ता कार्य गरेपछि प्रशासनले आइतवार साँझ नै निषेधाज्ञा जारी गरेको हो ।

आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उदेश्यले पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भन्दै स्थानीय प्रशासनले क्षेत्रसमेत तोकेको छ ।

काहाँ कहाँ गर्न पाइँदैन प्रदर्शन ?

पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म

पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म

उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म

दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ०० बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु