आज रवि र कँडेलको बयान, चितवनको सुरक्षा व्यवस्था कडा « Khabarhub

आज रवि र कँडेलको बयान, चितवनको सुरक्षा व्यवस्था कडा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेलको आज (सोमबार) अदालतमा बयान लिइँदै छ ।

आत्महत्या दुरुत्साहनको कसुरमा अभियुक्त बनाइएका ३ जनामध्ये अस्मिता भनिने रुकु कार्कीको भने आइतबार नै बयान सकिसकेको छ ।

१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।

अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान लिइने जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

गिरीका अनुसार २ जनाको बयान सकिएपछि आजै थुनछेक बहस हुने संभावना छ । यद्यपि रविको पक्षबाट मात्रै बहस गर्न आधा दर्जन कानून व्यवसायीहरुले नाम टिपोट गरेका कारण सोमबार नै थुनछेक आदेश जारी हुने संभावना कम रहेको देखिन्छ ।

‘आज बयान सकियो भने बहस शुरु हुन्छ,’ जिल्ला अदालत चितवनका श्रेस्तेदार गिरीले भने, ‘बहस गर्ने कानून व्यवसायी बढी भएका कारण आजै आदेश आउने नआउने भन्ने अवस्था छैन ।’

चितवनको सुरक्षा व्यवस्था कडा

प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि छामिछानेका समर्थकहरुको प्रदर्शनका कारण स्थानीय प्रशासनले चितवनको जिल्ला सदरमुकाम भरतपुरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीले विहानैदेखि निषेधाज्ञा जारी गरिएकाले अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर ननिस्किन स्थानीयहरुमा अनुरोध जारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविसहितका प्रतिवादीहरुविरुद्ध अभियोग पत्र दायर गरेको दिन रविका समर्थकहरुले प्रहरी कार्यलयमाथि नै आक्रमण गर्न खोजेका थिए । रविका समर्थक र प्रहरीबीच झडप समेत भएको थियो, जसमा ४ जना प्रहरी घाइते भएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : १६ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु