‘राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन्’ « Khabarhub

‘राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन्’


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले देखाएको विश्वास धोकामा परिणत भएको जनाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतले जनजीवीका, राष्ट्रियता, देशको सीमा, सार्वभौमसत्तालाई सत्ताधारी दलहरुले एक खोलौना बनाइदिएको जनाएका छन् ।

देश केही भ्रष्ट नेता, उनका आफन्तहरुका लागि हाँस्ने, रमाउने, सुखभोग गर्ने स्वर्णभूमि भएको भन्दै उनले कसैले मारिइँदा, लुटिइँदासमेत न्याय पाउन नसकेको उल्लेख गरेका छन् । समाजका कुनै पनि तह र तप्काले राज्यबाट सुरक्षाको अनुभूति महशुस गर्न नसकेको उनको आरोप छ ।

राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली जनताको सरलताको फाइदा उठाएर, नेपाली जनतालाई नै बलिवेदीमा चढाएर दलहरुले विदेशीको इशारामा धर्म बेच्ने, पहिचान बेच्ने, राष्ट्रिय एकताको प्रतीक नामेट पार्ने जुन कर्म गरे त्यो सर्वथा कुकर्म थियो भन्ने आज प्रमाणित भइसकेको उनको दाबी छ ।

आजको दिनमा सम्पूर्ण नेपाली जनताले राज्यले दिने सुरक्षा, न्यायमा विश्वास गर्न सकेका छैनन् । र गर्न सकिने अवस्था नभएकोले जनता सचेत हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ–अब मुलुकले यो राक्षसराजबाट मुक्ति चाहेको छ । देशले अभिभावक खोजेको छ । जनताले रामराज्य चाहेका छन् । त्यो राजसंस्थाको स्थापनाबाहेक अन्य विकल्पबाट पूरा हुन सक्दैन । धर्मनीतिका आधारमा राजनीति चल्नु पर्छ, राजा र जनता भनेकै सहि अर्थमा राष्ट्र हो भन्ने मूलसूत्रलाई नबिर्सि हामीले अझै सशक्त भएर यो देशको रक्षाका लागि एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ५२ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना