बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगे सभामुख, भिडियो बन्यो भाइरल | Khabarhub Khabarhub

बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगे सभामुख, भिडियो बन्यो भाइरल


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डका सभामुख बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगेको एउटा भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।

इन्धनको मूल्यबारे संसदमा भइरहेको छलफलको अध्यक्षता गर्दै गर्दा उनले बच्चालाई बोकेर दुध चुसाइरहेको देखिएको छ ।

सभामुख ट्रेभर मालार्डले एक सांसदलाई छलफलमा भाग लिन सजिलो होस भनेर शिशु बोकाइदिएका थिए । शिशुका पिता तामती कोफे हुन् । उनले पुरुषसँग विवाह गरेका छन् । सो पुरुष जोडीले सरोगेट आमा प्रयोग गरेर छोरा जन्माएका छन् ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री पनि हालै एक सन्तानकी आमा बनेकी छिन् । गत सेप्टेम्बरमा जेसिन्डा आर्डन संयुक्त राष्ट्रसंघ गएकी थिइन् । उनका श्रीमान र छोरी पनि सँगै थिए । कार्यस्थललाई बालबालिकामैत्री बनाउने विषय अहिले लोकप्रिय बन्दैछ । अष्ट्रेलियाकी एक सांसदले गत वर्ष यो सन्देशलाइ बल दिएकी थिइन् ।

लरिसा वाटर्सले संसदमा बहस भइरहँदा आफ्नो शिशुलाइ स्तनपान गराएकी थिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ०० बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो