बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगे सभामुख, भिडियो बन्यो भाइरल « Khabarhub

बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगे सभामुख, भिडियो बन्यो भाइरल


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डका सभामुख बच्चालाइ बोकेर दूध खुवाउँदै संसदमा पुगेको एउटा भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।

इन्धनको मूल्यबारे संसदमा भइरहेको छलफलको अध्यक्षता गर्दै गर्दा उनले बच्चालाई बोकेर दुध चुसाइरहेको देखिएको छ ।

सभामुख ट्रेभर मालार्डले एक सांसदलाई छलफलमा भाग लिन सजिलो होस भनेर शिशु बोकाइदिएका थिए । शिशुका पिता तामती कोफे हुन् । उनले पुरुषसँग विवाह गरेका छन् । सो पुरुष जोडीले सरोगेट आमा प्रयोग गरेर छोरा जन्माएका छन् ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री पनि हालै एक सन्तानकी आमा बनेकी छिन् । गत सेप्टेम्बरमा जेसिन्डा आर्डन संयुक्त राष्ट्रसंघ गएकी थिइन् । उनका श्रीमान र छोरी पनि सँगै थिए । कार्यस्थललाई बालबालिकामैत्री बनाउने विषय अहिले लोकप्रिय बन्दैछ । अष्ट्रेलियाकी एक सांसदले गत वर्ष यो सन्देशलाइ बल दिएकी थिइन् ।

लरिसा वाटर्सले संसदमा बहस भइरहँदा आफ्नो शिशुलाइ स्तनपान गराएकी थिइन् ।

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  १ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया