इजरायलद्वारा लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण « Khabarhub

इजरायलद्वारा लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले प्यालेष्टाइनी लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण गरेको छ ।

लेबनानको अल नहर समाचार संस्थाका अनुसार इजरायली वायुसेनाको चालकरहित ड्रोन विमानले प्यालेष्टाइनी लडाकु समूह पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेष्टाइन–जनरल कमाण्डको सैनिक निशानालाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

सोमबार सबेरै इजरायली लडाकु विमानले सिरियासँगको सीमामा रहेको कुशाया शहरस्थित प्यालेष्टाइनी लडाकु निशानामा आक्रमण गरिएको जनाइएको छ ।

उक्त लडाकु समूहको श्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार इजरायली वायुसेनाले तीन हवाई आक्रमण गरेका थिए ।

आक्रमणबाट भौतिक क्षति भएपनि मानवीय क्षति भने नभएको रोयटर्सले उल्लेख गरेको छ । आक्रमणका क्रममा प्यालेष्टाइनी समूहले जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यसबारे इजरायली पक्षबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।

यसअघि आइतबार लेबनानी शिया लडाकु समूह हेज्बोल्लाहले लेबनानको आकाशमा उडिरहेका इजरायलका दुई चालकरहित ड्रोन विमान खसालेको दाबी गरेको थियो ।

त्यसबाहेक इजरायलले सिरिया, इराक, प्यालेष्टाइन र लेबनानका विभिन्न स्थानमा सक्रिय लडाकु समूहहरुलाई लक्षित गरी हवाई आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ४३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी