नायिका हुनुभन्दा पहिले सपिङ गर्न चोर बजार जान्थिन् श्रद्धा « Khabarhub

नायिका हुनुभन्दा पहिले सपिङ गर्न चोर बजार जान्थिन् श्रद्धा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री श्रद्धा कपूरको फिल्म ‘बत्ती गुल मिटर चली’ ले खासै व्यापार राम्रो गर्न सकेन । तर, उनको फिल्म ‘स्त्री’ ले भने उनलाई थोरै राहत दियो ।

पछिल्लो समय उनी फिल्म ‘साहो’ का कारण चर्चामा छिन् । यो फिल्मबाट उनी निकै उत्साहित पनि छिन् । उनले प्रभाससँग फिल्म खेल्न पाउनुलाई मौकाका रुपमा हेरेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताइन् । अन्तर्वार्ता दिँदै उनले आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताइन् ।

‘म सामान किन्दा बार्गेनिङ गर्ने गर्छु, कलाकार हुनुभन्दा पहिले म चोर बजारमा गएर सामान किन्ने गर्थेँ,’ उनले भनिन् ।

साथै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने पनि बताइन् । उनले भनिन्, ‘यदि मैले सामाजिक सञ्जालमा नै समय दिएँ भने काम कतिबेला गरुँ?’

रिलिजका क्रममा रहेको फिल्म ‘साहो’ मा बाहुबली स्टार प्रभास र श्रद्धा कपूर एक्सन अवतारमा देखिनेछन् । फिल्ममा यी दुईको रोमान्स पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ५१ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई