व्यक्तित्वको रहस्य खोल्ने कान्छी औँला « Khabarhub

व्यक्तित्वको रहस्य खोल्ने कान्छी औँला


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हातका सबै औँलाहरु समान हुँदैनन् । ति औँलाहरुको लम्बाई एक आपसमा मिल्दैनन् । तर तिनै औँलाको लम्बाई र आकारले व्यक्तिको स्वभाव संकेत गर्छ । हाम्रो औँलामा ३ भाग रहन्छन् । कान्छी औँलामा भएका यी ३ भागले व्यक्तिको स्वभाव कस्तो हुन्छ, त्यसलाई संकेत गर्दछ ।

१) यदि तपाईंको हातको कान्छी औँला, माथ्लो भाग (टुप्पो) तिर अन्य तलका २ भागभन्दा लामो छ भने तपाईं मानिसलाई सहजै आफुतिर आर्कषित गर्न सक्ने क्षमताको हुनुहुन्छ । तपाईंको कुरा गर्ने शैली नै तपाईंले आफूतिर मानिस तान्ने प्रमुख हतियार हो । तपाईं प्रति प्रभावितहरु तपाईंलाई छिट्टै विश्वास गर्दछन् । यस्तो हुने ब्यक्तिमा मानिसको स्वभाव बुझ्नेसमेत क्षमता हुन्छ ।

२) जसको कान्छी औँलाको बीच भाग, माथिल्लो र फेदको भागभन्दा लामो छ भने ति ब्यक्तिहरु अरुको हेरचाहमा समय दिने खाल्का हुन्छन् । त्यस्ता व्यक्तिले आफूलाई भन्दा पनि अरुको बिषयमा चिन्ता गर्ने हुन्छन । कान्छी औँलाको बिच भाग लामो हुने ब्यक्तिहरु निकै कम मात्रामा भेटिन्छन् ।

३) यदि कोही ब्यक्तिको कान्छी औँलाको मुनिको भाग, माथिल्लो र बिचको भागभन्दा सानो छ भने ति ब्यक्तिहरु निकै बफादार मानिन्छन् । उनीहरु झुटो कुरा गर्न वा नचाहिँदा गफगाफ गर्दैनन् । उनीहरुको इमान्दारीतामा प्रश्न नगर्दा हुन्छ ।

४) यदि कान्छी औँलाका ३ वटै भाग औसतमा साना छन् भने पूरै कान्छी औँला सानो हुन्छ । कान्छी औँला सानो हुने मानिसहरु खासै चर्चामा रहदैनन् । उनीहरु भीडको हिस्सा मात्र हुन्छन् । उनीहरुको प्राय कुनै काममा ध्यान हुँदैन । साथै उनीहरु निकै कम लोकप्रिय हुन्छन् ।

५) यदि कोही ब्यक्तिको कान्छी औँलाको टुप्पो र फेदको भाग लामो अनि बीचको भाग छोटो छ भने ति ब्यक्तिहरु जिद्दी हुन्छन् । उनीहरू आफुमा कुनै किसिमको परिवर्तन वा अरुको सुझावलाई पालना गर्दैनन् । ति ब्यक्तिहरुले सधैं अरुको आलोचना खेप्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : ४८ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।