विश्वविद्यालयमा मुन्दुम पढाइ हुने « Khabarhub

विश्वविद्यालयमा मुन्दुम पढाइ हुने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किराँतहरुको जीवन र जगतको दर्शन ‘मुन्दुम’ त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा पठनपाठन हुने भएको छ ।

मुन्दुम विश्वविद्यालयको शिक्षाशास्त्र संकायको एमएड (मास्टर्स इन एजुकेसन) र स्नातकोत्तर तहमा दर्शनशास्त्र विषय अन्तरगत पठनपाठन हुने भएको हो ।

किराँत मुन्दुम दर्शनशास्त्र अनुशन्धान तथा अभिलेखिकरण समितिले संकलन गरेपछि किराँत राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको मुन्दुमको अध्यापन गरिने विश्वविद्यालयले जनाएको छ ।

मुलत मौखिक रुपमा अभ्यास र प्रयोग हुँदै आएकोले मुन्दुमलाई ‘थुतुरे वेद’ पनि भन्ने गरिन्छ । त्यसैले पनि सबै किराँतहरुको मुन्दुम ग्रन्थ लिखित रुपमा उपलब्ध हुन सकेको छैन ।

दर्शनशास्त्र अन्तरगत पठनपाठन हुनेमा ‘मुन्दुमः सृष्टिकथा’ (पहिलो भाग), ‘मुन्दुमः होसुङ (संस्कार)’ र इमानसिंह चेम्जोङद्वारा सम्पादित ‘मुन्दुम खाहुन’ (शिक्षा) रहेका छन् । किराँत भन्नाले विशेष गरि मुलरुपमा राई, लिम्बु, याख्खा र सुनुवार पर्छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ०३ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना