मानिस किन उमेर नपुग्दै बुढो देखिन्छ ? « Khabarhub

मानिस किन उमेर नपुग्दै बुढो देखिन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जो कोहीलाई जवान वा युवा रहन मन हुन्छ । तन्नेरी उमेरमा मानिसहरु स्वत: राम्रो देखिन्छन् । त्यसैले जो कोही सधैँ तन्नेरी हुन मन पराउँछन् । तर आजकाल खानपान, दैनिक जीवनको ब्यस्तता तथा शारीरिक ब्यायामको अभावमा उमेरभन्दा बुढो देखिने गर्दछन् ।

हुनत: उमेर बढ्दै जाँदा छालामा आउने रुखोपन र फिक्कापनले मानिसलाई बुढ्यौलीतर्फ लाने गर्दछ । अझ बुढेसकाल लाग्दै जाँदा छाला चाउरी पर्छ । र शरीर पनि बिस्तारै जीर्ण तथा कमजोर हुँदै जान्छ । मानिस सदैव एउटै उमेरमा रहन सक्दैन, यो प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अवस्थामा भने मानिसको उमेर नपुग्दै बुढ्यौलीपना देखापर्छ । यसलाई डाक्टरको भाषामा एन्टी एजिङ भनिन्छ ।

एन्टी एजिङ समस्याको कारण के हो भन्ने बारे तथ्य पूर्णरुपमा आजसम्म पत्ता लागेको छैन । तर मानिसको वंशानुगत गुण, खानपान तथा वातावरणको असर, उमेर नपुग्दै देखिने बुढ्यौलीपनाको कारण मानिन्छ । दैनिक जीवनमा हामीले भोग्ने धुलो, धुँवा, शारीरिक ब्यायामको अभाव लगायतका कारणले हाम्रो छालामा असर गर्छ । जसका कारण उमेर बढ्दै जादा छाला पातलो हुने साथै छाला र मांसपेशीबीचमा बोसो कम हुन जान्छ । यसरी बोसो कम हुँदा अनुहार लगायतका शरीरका अन्य अंगको छाला चाउरिन थाल्छ र बिस्तारै झोलिन्छ । छाला खुम्चिदै गएपछि मानिसमा बुढ्यौलीपनाको समस्या देखिन थाल्छ ।

उमेर नपुग्दै आउने बुढ्यौलीपना नियन्त्रण गर्न मानिसले दैनिक ब्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, जीवनशैली परिवर्तन गर्ने र स्वच्छ वातावरणमा रहने गर्नुपर्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : १७ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ