मानिस किन उमेर नपुग्दै बुढो देखिन्छ ? « Khabarhub

मानिस किन उमेर नपुग्दै बुढो देखिन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जो कोहीलाई जवान वा युवा रहन मन हुन्छ । तन्नेरी उमेरमा मानिसहरु स्वत: राम्रो देखिन्छन् । त्यसैले जो कोही सधैँ तन्नेरी हुन मन पराउँछन् । तर आजकाल खानपान, दैनिक जीवनको ब्यस्तता तथा शारीरिक ब्यायामको अभावमा उमेरभन्दा बुढो देखिने गर्दछन् ।

हुनत: उमेर बढ्दै जाँदा छालामा आउने रुखोपन र फिक्कापनले मानिसलाई बुढ्यौलीतर्फ लाने गर्दछ । अझ बुढेसकाल लाग्दै जाँदा छाला चाउरी पर्छ । र शरीर पनि बिस्तारै जीर्ण तथा कमजोर हुँदै जान्छ । मानिस सदैव एउटै उमेरमा रहन सक्दैन, यो प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अवस्थामा भने मानिसको उमेर नपुग्दै बुढ्यौलीपना देखापर्छ । यसलाई डाक्टरको भाषामा एन्टी एजिङ भनिन्छ ।

एन्टी एजिङ समस्याको कारण के हो भन्ने बारे तथ्य पूर्णरुपमा आजसम्म पत्ता लागेको छैन । तर मानिसको वंशानुगत गुण, खानपान तथा वातावरणको असर, उमेर नपुग्दै देखिने बुढ्यौलीपनाको कारण मानिन्छ । दैनिक जीवनमा हामीले भोग्ने धुलो, धुँवा, शारीरिक ब्यायामको अभाव लगायतका कारणले हाम्रो छालामा असर गर्छ । जसका कारण उमेर बढ्दै जादा छाला पातलो हुने साथै छाला र मांसपेशीबीचमा बोसो कम हुन जान्छ । यसरी बोसो कम हुँदा अनुहार लगायतका शरीरका अन्य अंगको छाला चाउरिन थाल्छ र बिस्तारै झोलिन्छ । छाला खुम्चिदै गएपछि मानिसमा बुढ्यौलीपनाको समस्या देखिन थाल्छ ।

उमेर नपुग्दै आउने बुढ्यौलीपना नियन्त्रण गर्न मानिसले दैनिक ब्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, जीवनशैली परिवर्तन गर्ने र स्वच्छ वातावरणमा रहने गर्नुपर्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : १७ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग