स्थायी राजधानी टुङ्गो लगाउन माग « Khabarhub

स्थायी राजधानी टुङ्गो लगाउन माग


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले चाँडोभन्दा चाँडो स्थायी राजधानी टुङ्गो लगाउनु पर्नेमा जोड दिँदै जनतामा गलत प्रभाव पर्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।

यस्तै गत साउनमा बाढीपहिरोबाट क्षति पुर्‍याएको लामो दुरीको सडक, खानेपानी मुहानको तत्काल निर्माण गरी जनतालाई यथाशीघ्र सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे । जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक समृद्धिको लागि कृषि, मत्स्यपालन र दूध उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने प्याकेज कार्यक्रम ल्याउन र विपन्न कृषकको छनोटमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको थप गृहकार्य आवश्यक रहेको सदस्यहरुले धारणा व्यक्त गरे ।

साथै सो बैठकमा प्रदेशमा सवारी यातायात संशोधन गर्न बनेको विधेयक २०७५, प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार गर्न बनेको विधेयक २०७६, प्रदेशमा सार्वजनिक, निजी, सहकारी साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको २०७६ र प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि क्रमशः सैद्धान्तिक पक्षमा दफावार छलफल गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले क्रमश विधेयकको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्ने जानकारी गराए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : २० बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना