घरेलु मैदानमै हार्‍यो पीएसजी « Khabarhub

घरेलु मैदानमै हार्‍यो पीएसजी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक-एक गोल गरे ।

खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २-० को जित दिलाए ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ३५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको