पशुपतिनाथ क्षेत्रबाट मासु र मदिराजन्य पदार्थ हटाइँदै « Khabarhub

पशुपतिनाथ क्षेत्रबाट मासु र मदिराजन्य पदार्थ हटाइँदै


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई हटाउने तयारी थालिएको छ ।

दशैँ र तिहारको अवसरमा अवैध रुपमा सञ्चालनमा रहेका तथा इजाजत पाएका पनि मासु तथा मदिरा जन्य पसल हटाउने पहल शुरु भएको हो । यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीमा रक्सी पसल र रक्सी पिउने भट्टी छन् ।

काठमाडौं महानगरपालिका–७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट हटाउने टुङ्गो लागेको वडा सदस्य कृष्णमणि भट्टराईले बताए ।

यो क्षेत्रमा सत्तल पाटी घाटसहित देवस्थल ५१८ छन् भने रक्सी पसल र मासु र जाँड पाइने भट्टी पसल पनि उत्तिकै हाराहारीमा छन् । कामना–७ मा मात्र २०० वटा रक्सी पसल र अनगिन्ती भट्टी छन् ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाले यो क्षेत्र मांस र मदिरा प्रयोग उपयोग र बेचबिखन निषेधित क्षेत्र हो । ‘सामुदायिक प्रहरी साझेदारी र वडा कार्यालयको पहलमा अवैध मदिरा बिक्री हटाउँदै छौँ, यस विषयमा परामर्श चलिरहेको छ’, काठमाडौँ महानगरपालिका–७ का वडा सदस्य कृष्णमणि भट्टराईले बताए ।

पशुपति क्षेत्रमा २०० वटा रक्सी पसल, ३० वटा रक्सी डिलर छन् । जाँड र रक्सी तथा मासु खानपिउन पाइने ३०० बढी भट्टी पनि छन् । यो ७ वडाको एक खण्ड पशुपति क्षेत्र तोकिएको छ ।

महानगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार सिफलको सेतो ढोकाबाट यो क्षेत्र प्रवेश गरेलगत्तै जयबागेश्वरी क्षेत्रमा पाँचवटा रक्सी पिउने र मासुका परिकार खान पाइने रेस्टुराँ, भट्टी छन् । दुईवटा रक्सीका ठूला डिलर छन् ।

स–साना भट्टीको लेखाजोखा नै छैन । जयबागेश्वरीबाट भूवनेश्वरी चोक पुग्दा यहाँ तीनवटा कहलिएका भट्टी छन्, यो वडाको पनि एक खण्ड पशुपति क्षेत्रमा पर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ५० बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी