के तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ ? धुम्रपान छाड्ने पाँच उपाय « Khabarhub

के तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ ? धुम्रपान छाड्ने पाँच उपाय


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रत्यक्ष रुपमा धुम्रपानले शरीरलाई हानीण् गर्छ भन्ने थाहा हुँदा हुँदै पनि यसको कुलतमा फसेकालाई धुम्रपान छाड्न निकै ग्राहो हुने गर्दछ ।

चुरोटका प्याकेट देखि विभिन्न सचेतना कार्यक्रममा समेत यसको बेफाइदाबारे उल्लेख भएको हुन्छ तर धुम्रपानका अम्मलीले यसलाई छाड्न सक्दैनन् । यदि तपाईमा पनि धु्रमपानको लत छ भने यसलाई छाड्ने पाँच उपाय यस्ता छन्-

१. मात्रा घटाउदै जाने
यदि तपाई धुम्रपानको लतमा हुनुहुन्छ भने यसलाई बिस्तारै घटाउँदै लैजानुपर्छ । दैनिक १० खिल्लि चुरोट पिउनु हुन्छ भने यसलाई बिस्तारै दैनिक एक एक वटाको संख्यामा घटाउनु पर्छ । यसरी जब तपाई दैनिक एक वा दुई वटा चुरोट पिउने अवस्थामा आइपुग्नु हुन्छ तब कुनै कुनै दिन ग्याप राखि यसलाई छाड्ने प्रयत्न गरे तपाईंले धुम्रपान चटक्कै छाड्न सक्नुहुन्छ ।

२. धुम्रपान गर्ने स्थान नजाने
तपाई धुम्रपान छाड्ने मनस्थितीमा हुनुहुन्छ भने तपाईले चुरोट पिउने स्थानलाई त्याग्नु पर्छ । साथै अन्य कोही चुरोट खाने ब्यक्ति छन् भने पनि उनीहरुबाट समेत तपाई टाढिनुपर्छ । निकोटिनको स्वाद वा यसको गन्धले धुम्रपान छाड्ने मनसाय बनाए पनि आर्कषित गर्छ तसर्थ चुरोट पिउने स्थान र संगतबाट टाढिनु सबैभन्दा राम्रो उपाय हो ।

३. मुख खाली नराख्नुहोस्
धुम्रपानको लत बसेको मानिसलाई केहि फुर्सद वा मुख खाली हुनासाथ चुरोट पिउन मनलाग्छ । त्यसैले जतिबेला तपाईंको मुख खाली हुन्छ तब तपाई केही न केहि खाने वा चपाउने गर्नुहोस् । छुर्पि, चुइगम, अलैची, ल्वाङ वा अरु केहि वस्तु तपाइले मुखमा राखिराख्नु भएको छ भने तपाईलाई चुरोट पिउनु पर्ने मनसायलाई बदल्ने गर्दछ ।

४. दैनिक व्यवहारमा परीवर्तन गर्नहोस्
धुम्रपानको व्यवहारबाट आजित हुनु भएको छ तर छाड्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाई आफ्नो दैनिकिमा परीवर्तन गर्नुहोस् । स्वच्छ हावापानि तथा वातावरण भएको स्थानमा बस्नुहोस् । कोठा वा घरमा चुरोट पिउन छाड्नुहोस् । कोठाका झ्यालहरु खुल्ला राख्नुहोस् । साथै मनपर्ने प्रकारका संगीत सुन्ने बानि बसाउनुहोस् । चुरोट पिउने समयमा आफुलाई ब्यस्त राख्नुहोस् ।

५. धुम्रपान छाड्ने अठोट
धुम्रपान त्याग्ने सोचेर मात्र हुँदैन, यसलाई अठोटका रुपमा प्रण गर्नुपर्छ । आफूसँग भएका लाइटर, एस्ट्रे, सिगरेट होल्डर हरु हटाउनुपर्छ । काम गर्दा आफ्नो मनस्थितीमा धुम्रपानको ख्याल नआउने काम गर्नुहोस् । कम्प्युटरमा ब्यस्त हुने, साथीहरुसंग कुरा गर्ने तथा भोलि के गर्ने त्यसको योजना बनाउनुहोस् । यसले बिस्तारै तपाईको चुरोट पिउने लत त्याग्न मद्दत गर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : २७ बजे

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन