कुनै एउटा नेताको फेर समाएर मात्र कांग्रेस बलियो हुँदैन– पौडेल « Khabarhub

कुनै एउटा नेताको फेर समाएर मात्र कांग्रेस बलियो हुँदैन– पौडेल


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले विहीवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे ।

“अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने ।

नेता पौडेलले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब कांग्रेस कर्मशिल हुनुपर्ने बताए ।

‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो, कांग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ, यसमा सबैले ववेक पुर्‍याउनुपर्छ’’, पौडेलले भने ।

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए ।

‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ, राष्ट्रको विकास र समृद्धिको यात्रा कांग्रेसले नै गर्छ ’’ उनले भने ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा