तपाईंको पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस् « Khabarhub

तपाईंको पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस्


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक उन्नति हरेक मान्छेले चाहन्छन् । तर सबै मान्छे सफल हुन सक्दैनन् । पैसालाई सबैथोक मान्न सकिन्न । यद्यपि पैसा बिना जीवन पनि चल्दैन ।

आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ । आफूसँग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामी आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं ।

त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :

# सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् ।

# बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे  सोच्नुहोस् ।

# घरमा खुत्रुके राख्नुहोस् ।

# सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।

# दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

# एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।

# कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

# बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी लिएर मात्र खरिद गर्नुहोस् ।

# ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् ।

# आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।

# यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

# धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।

# बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : २५ बजे

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

कैलाली– नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने