आफ्नो ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट « Khabarhub

आफ्नो ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – करीना कपूर बलिउड उद्योगमा आफ्नो लूकका कारण प्रायः चर्चामा रहने गर्छिन् । उनले आफ्नो ड्रेसअपका लागि लाखौँ रुपैँया खर्च गर्ने गर्छिन् ।

करीना आजभोलि ‘डान्स इन्डिया डान्सः सिजन ३’ मा देखिएकी छिन् । यो शोमा करीना प्रायः आफ्नो स्टाइल र फेसन सेन्सका कारण चर्चामा हुन्छिन् । यो वर्ष पनि करीना कूल देखिएकी थिइन् ।

करीनाका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा करीना फेसन डिजाइनरका साथ देखिन्छिन् । गाउनमा देखिएकी करीनाले ज्वेलरीका नाममा एउटा नेकलेस लगाएकी थिइन् ।

 

करीनाको यो लूकको तारिफ भएको छ । तर केहीले भने उनलाई ‘ट्रोल’ गरेका छन् । उनको ड्रेसअपको मजाक बनाउँदै कति युजर्सले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जमिनमा घस्रिएको करीनाको ड्रेस देख्दा लाग्छ, कि उनी स्वच्छ भारत महान अभिनयमा जाँदैछिन् ।’

प्रयोगकर्ताले अन्य पनि रमाइला कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ११ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा