वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात | Khabarhub Khabarhub

वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब रु छ अर्बको सामग्री आयात हुने गरेको छ ।

आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

डा आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरिन् ।

एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालिम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका एक सय स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ०२ बजे

वर्तमान सरकारले संसद्कै अपमान गर्‍यो : सचिव पौडेल

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले ३१-३१

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीको बुवा

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

महेन्द्रनगर – नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : महासचिव गुरुङ

हेटौँडा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले