जिम्बाबेविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर) « Khabarhub

जिम्बाबेविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाका लागि सिंगापुर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार जिम्बाबेविरुद्ध खेल्दैछ ।

शृङ्खलाको पूर्व सन्ध्यामा नेपाली टोलीले ‘वाम अप’ गरेको छ । इन्डियन एशोसिएसन ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका ५ः१५ बजेबाट शुरू हुनेछ।

जसमा नेपालबाट गएका १४ सदस्यसहित वेष्ट इन्डिजबाट सिंगापुर पुगेका लेग स्पीनर सन्दीप लासमिछानेले अभ्यास गरेका छन् । टेष्ट राष्ट्र जिम्बाबेसँग पहिलो पटक टि–२० खेल्न लागेको नेपाली टोलीमा कप्तान पारस खड्का र विकेट किपर विनोद भण्डारीबाहेक अन्य युवा खेलाडी रहेका छन् ।

भारतीय प्रशिक्षक उमेश पटुवालको टोलीमा नयाँ अनुहारका रुपमा इशान पाण्डे र कुसल मल्ल रहेका छन् । एक दिवसीय विश्वकप छनोटमा जिम्बाबेसँग खेलेको नेपाली टोली फराकिलो अन्तरले पराजित भएको थियो ।

एक दिवसीय क्रिकेटमा जिम्बाबेसँग प्रतिस्पर्धा गरेपनि टि–२० मा भने नेपाल पहिलो पटक खेल्दैछ । शुक्रबार जिम्बाबेसँग खेल्ने नेपालले दोस्रो खेल शनिबार सिंगापुरसँग खैलनेछ ।

तस्वीर- रमन शिवाकोटी

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ०३ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार