भारतमा बाढीको वितण्डा, १७ जनाको मृत्यु « Khabarhub

भारतमा बाढीको वितण्डा, १७ जनाको मृत्यु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको भारी वर्षासँगै आएको बाढी तथा भवन भत्किदा १७ जनाको ज्यान गएको छ ।

महाराष्ट्रका पुणे तथा जलगाउँमा भारी वर्षा र भवन भत्किदा १२ जनाको ज्यान गएको हो । यस्तै जलगाउँमा चट्याङ लाग्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

भीषण वर्षाका कारण पुणेमा डुबान भएको छ । बारामतीस्थित नारदा ड्यामको ढोका खोल्दा आएको बाढीका कारण डुबान भएको भारतीय अधिकारीहरुले बताएका छन् । उक्त क्षेत्रका २८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम विभागले भारी वर्षाको चेतावनी दिएको छ । डुबान क्षेत्रका विद्यालय तथा कलेजहरु बन्द गरिएको छ । यसका साथै विद्युत आपुर्ति पनि बन्द भएको छ ।

यसैबीच, पुणेको खेंड–शिवपुर गाउँमा बाढीले पाँच जनालाई बगाएको छ । यस्तै पुरन्दर क्षेत्रमा दुई युवकलाई बाढीले बेपत्ता बनाएको छ ।
यसअघि गत जुनमा पुणेको कोंडवा क्षेत्रमा पर्खाल ढल्दा १५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ९ : १५ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत