डोल्पाका दूर्गम वस्ती सञ्चारको पहुँचमा « Khabarhub

डोल्पाका दूर्गम वस्ती सञ्चारको पहुँचमा


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– उपल्लो डोल्पामा नमस्तेको मोबाइल टावरमा सञ्चालनमा आएको छ । शे–फोक्सुण्डो गाउँपालिका–३ अन्तर्गत साल्दाङमा निर्माण गरिएको मोबाइल टावर सञ्चालनमा आएको हो ।

मोबाइल टावर सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रसमेत रहेको साल्दाङसहितको मास, कराङ, नाम्दो, धुम्दार, रापा, तिलिङलगायतका विकट बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् ।

टावर सञ्चालनमा आएसँगै गाउँपालिका १, २, ३ र ४ नं वडाका करिब तीन हजार २ सय जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिए । गाउँपालिकाको पहलमा टावर निर्माण भएपछि सर्वसाधारणको वर्षौँदेखि घरमै बसीबसी मोबाइलमा कुरा गर्ने सपना साकार भएको हो ।

यसअघि गाउँमा मोबाइल सेवा नहुँदा भिस्याट टेलिफोनबाट एउटा लाइनबाट प्रतिमिनेट रु पाँच तिरेर कुरा गर्दैआएका स्थानीय घरबाटै देश विदेशमा कुरा गर्न पाएपछि खुसीले दङ्ग परेका छन् । भौगोलिक कठिनाइका कारण एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने भए पनि अब सानोतिनो कामका लागि आफैँ नकुदेर फोनबाट समस्या हल गर्न सकिने स्थानीय सोनामफुञ्जे गुरुङले बताए ।

“सञ्चारको भरपर्दो साधन नहुँदा बिरामीलाई उद्धार गर्नसमेत समस्या हुन्थ्यो, उद्धारका लागि सम्पर्क नहुँदा अकालमै ज्यानसमेत गुमाउनुपर्थ्यो”, उनले भने, “अब गाउँमै टावर बनेकाले बिरामीको समयमै उद्धार हुनेछ, घरबाटै जतिखेर पनि देश विदेशमा रहेका आफन्तसँग कुरा गर्न सकिन्छ, फोनमा कुरा गर्नकै लागि घण्टौँ लाइन बस्नुपर्ने, चर्को शुल्क बुझाउनुपर्ने दिन पनि सकिए ।”

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ४५ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की