डोल्पाका दूर्गम वस्ती सञ्चारको पहुँचमा « Khabarhub

डोल्पाका दूर्गम वस्ती सञ्चारको पहुँचमा


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– उपल्लो डोल्पामा नमस्तेको मोबाइल टावरमा सञ्चालनमा आएको छ । शे–फोक्सुण्डो गाउँपालिका–३ अन्तर्गत साल्दाङमा निर्माण गरिएको मोबाइल टावर सञ्चालनमा आएको हो ।

मोबाइल टावर सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रसमेत रहेको साल्दाङसहितको मास, कराङ, नाम्दो, धुम्दार, रापा, तिलिङलगायतका विकट बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् ।

टावर सञ्चालनमा आएसँगै गाउँपालिका १, २, ३ र ४ नं वडाका करिब तीन हजार २ सय जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिए । गाउँपालिकाको पहलमा टावर निर्माण भएपछि सर्वसाधारणको वर्षौँदेखि घरमै बसीबसी मोबाइलमा कुरा गर्ने सपना साकार भएको हो ।

यसअघि गाउँमा मोबाइल सेवा नहुँदा भिस्याट टेलिफोनबाट एउटा लाइनबाट प्रतिमिनेट रु पाँच तिरेर कुरा गर्दैआएका स्थानीय घरबाटै देश विदेशमा कुरा गर्न पाएपछि खुसीले दङ्ग परेका छन् । भौगोलिक कठिनाइका कारण एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने भए पनि अब सानोतिनो कामका लागि आफैँ नकुदेर फोनबाट समस्या हल गर्न सकिने स्थानीय सोनामफुञ्जे गुरुङले बताए ।

“सञ्चारको भरपर्दो साधन नहुँदा बिरामीलाई उद्धार गर्नसमेत समस्या हुन्थ्यो, उद्धारका लागि सम्पर्क नहुँदा अकालमै ज्यानसमेत गुमाउनुपर्थ्यो”, उनले भने, “अब गाउँमै टावर बनेकाले बिरामीको समयमै उद्धार हुनेछ, घरबाटै जतिखेर पनि देश विदेशमा रहेका आफन्तसँग कुरा गर्न सकिन्छ, फोनमा कुरा गर्नकै लागि घण्टौँ लाइन बस्नुपर्ने, चर्को शुल्क बुझाउनुपर्ने दिन पनि सकिए ।”

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ४५ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु