बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ– प्रचण्ड « Khabarhub

बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ– प्रचण्ड


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले फाइदा लिनसक्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीमा शुरु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ–नेपाल कनेक्टिङ दि वल्र्ड’को उदन्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा बेल्ट एण्ड रोड इनिसिएटिभबाट फाइदा पुग्ने बताएका छन् । कनेक्टिभीटीबाट नेपालले फाइदा लिनुपर्ने र त्यसका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ महत्वपूर्ण पाटो भएको बताए ।

आफू प्रधानमन्त्री भएको बेलमा शान्ति विकास र स्थिरतको लागि चीनले लिएको दूरगामी महत्वको यो योजनामा हस्ताक्षर गर्नुपर्छ र हामीले यसबाट लाभलिन कुनै कसर छोड्न नहुने पक्षमा उभिएको बताए ।

प्रचण्डले यस्तो सम्मेलनले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यन्वयनमा ठूलो भूमिका खेल्ने बताए ।

ठूलो राजनीतिक परिवर्तन, उतारचढावबाट नेपालमा स्थिर सरकार आएको बताउँदै प्रचण्डले सरकारले अव विकासका क्षेत्रमा गति लिने बताए । उनले नेपालमा राजनीतिक स्थिरता, शान्ती रहेकोले लगानीको वातावरण रहेको बताए ।

शान्ति प्रकृयामा नेपालले आफ्नो मौलिकतामा काम गरेको र अन्तिम चरणमा रहेको बताउँदै प्रचण्डले शान्ति र विकास एक अर्कामा समबन्धित रहेको र त्यसका लागि वर्तमान सरकारले वातावरण निर्माण गरिरहेको बताए ।

‘राजनीतिक वातारण र स्थायीत्व कायम गरेका छौं । दुई तिहाइको सरकारले ल्याएको छौं । हाम्रो ध्यान अव आर्थिक विकासमा केन्द्रीत छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : ४० बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग