ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम « Khabarhub

ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनाेई– उत्तर कोरियाली सर्वोच्च नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोश्रो शिखर वार्ताका लागि भियतनामको राजधानी हनोई पुगेका छन् । शिखर वार्ताका लागि नेता किम चीनको बाटो हुँदै रेलयात्रा गरी शुरुमा सीमावर्ती शहर डाङ डोङ र डाङ डोङबाट सडकमार्गबाट हनोई पुगेका हुन् ।

किमलाई भियतनामका उच्चपदस्थ सरकारी अधिकारी तथा सत्तारुढ कम्युनिस्ट पार्टीका पदाधिकारीले स्वागत गरेका थिए । त्यसबाहेक किमलाई हनोईमा स्वागत गर्न सयौँ भियतनामीको सहभागिता थियो ।

किमले बुधबार र बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग हनोईमा शिखर वार्ता गर्ने कार्यक्रम छ । शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार अबेर हनोई पुग्ने कार्यक्रम छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

यसअघि दुई नेताबीच गत वर्षको जुनमा सिङ्गापुरमा पहिलो पटक ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा अमेरिका र उत्तर कोरियाबीच भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै टिप्पणी भइरहेका बेला यस पटकको शिखर वार्तामा ठोस सम्झौता हुने आकलन गरिएको छ ।

शिखर वार्ताका लागि हनोईको सुरक्षा व्यवस्था चुस्त बनाइएको भियतनामी अधिकारीले जनाएका छन् ।

ट्रम्पसँगको शिखर वार्ताबाहेक किमले भियतनामका प्रधानमन्त्री राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका शीर्षस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सन् १९६४ मा तत्कालीन शासक किम इल सुङ्ले तत्कालिन उत्तर भियतनामका राष्ट्रपिता हो चि मिन्हलाई भेट्न भियतनाम पुगेयता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : ०४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा