‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’को उद्घाटन गर्दै ओलीले भने – नाटक टर्च लाइट पनि हो « Khabarhub

‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’को उद्घाटन गर्दै ओलीले भने – नाटक टर्च लाइट पनि हो


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।।”

सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउँदै उनले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालमा नाटकको भविष्य राम्रो छ । चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा वा दर्शकको क्षेत्रमा पनि यसको भविष्य राम्रो छ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीसहित १२ स्रष्टालाई सम्मानका साथै जोशीले लेखेको – ‘सुनकेसरी’ पुस्तकको विमोचन गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : २५ बजे

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको