राष्ट्रियसभा बैठक– निवृत्तिभरण कोष विधेयक पारित « Khabarhub

राष्ट्रियसभा बैठक– निवृत्तिभरण कोष विधेयक पारित


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई मंगलबारको राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा खतिवडाले ‘लेखा परीक्षण विधेयक २०७५’ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन समितिको प्रतिवेदनसहित निवृत्तिभरण कोष विधेयक, २०७५’ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक आजै पुनःबस्ने गरी स्थगन भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : ३३ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल