शेयर बजार सात अंकको गिरावट | Khabarhub Khabarhub

शेयर बजार सात अंकको गिरावट


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा मंगलबार पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ हजार २८ कित्ता शेयर कारोवार भए । तर कारोवार रकम भने सोमबारको तुलनामा कम भएको छ । स्टकका अनुसार आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ चार दशमलव छ, होटल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत् छ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बीमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बीमा ३१ दशमलव २४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ३० बजे

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी