बम विष्फोटनमा संलग्न पक्राउ नपरेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना « Khabarhub

बम विष्फोटनमा संलग्न पक्राउ नपरेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलको कार्यालयमा बम विस्फोट र विभिन्न स्थाननमा भएको आगजनीको पत्ता लगानउन नसको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

मंगलबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका हुन् ।

सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै शुक्रबार उक्त घटना भए पनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक रहेको बताए ।

आर्थिक समृद्धि र विकासको नाराका साथ सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेका बेला अन्तरराष्ट्रिय लगानीकै कम्पनीमा बम विष्फोट र आगजनी हुनुजस्ता घटनाले थप अन्तर्राष्ट्रिय लगानी आउन नसक्ने चिन्ता गर्दै उनीहरुले दोषीलाई तत्काल कानूनी कारवाही गर्न माग गरे ।

सांसद दीपा गुरुङले सो घटनाकामृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गरे । सांसद बद्री पाण्डेले समाजमा आतङ्क मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारवाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति प्रकट गरे ।

उनले के कति कारणले सुरक्षामा कमजोरी देखियो, त्यसको उचित छानबिन हुनुपर्ने माग गरे ।

सांसद धना खतिवडा, नन्दा चपाईं, प्रकाश पन्थ, प्रमिला कुमारी, युटोल तामाङ, रमेशजङ्ग रायमाझी र रमेशप्रसाद यादवले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ३८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल