ललितपुरमा ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला’ हुँदै « Khabarhub

ललितपुरमा ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला’ हुँदै


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ ।

प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै आगामी बिहीबार १६ गतेदेखि ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा राष्ट्रिय प्राङगारिक कृषि मेला आयोजना गर्न लागिएको हो ।

रासायनिक मल र त्यसले मानव स्वास्थ्यमा पारेको असर न्यूनीकरणका साथै प्राङगारिक कृषिको आवश्यक्ताबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको कृषि विभागका निर्देशक प्रकाश सञ्जेलले बताए ।

मंगलबार पत्रकार सम्मेलन गरी कृषि विभागको संयोजनमा आयोजना हुने सो मेलामा प्राङगारिक कृषि खेतीबारे जानकारी दिने खालका १ सय २५ वटाभन्दा बढी स्टल रहने जानकारी दिइएको थियो ।

४ दिनसम्म चल्ने मेलाको मुख्य आकर्षणको रुपमा ताजा कृषि उपज, प्रशोधित कृषि उपज, रैथाने बालीको खाद्य परिकार, कृषि सामग्री र प्रविधिहरु रहने निर्देशक सञ्जेलले जानकारी दिए । मेलामा करिव २५ लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : १२ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको