तिहारका लागि टेलिकमको अफर–रिचार्ज गर्दा बोनसदेखि डाटा बोनससम्म « Khabarhub

तिहारका लागि टेलिकमको अफर–रिचार्ज गर्दा बोनसदेखि डाटा बोनससम्म


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।

सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी/एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ ।

यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।

त्यसैगरी फोरजी/एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले ८द्धद्धद्ध३ डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।

टेलिकमले पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले ८द्धद्धद्ध३ डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : २५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित