राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी | Khabarhub Khabarhub

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित ६७ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रशासनतर्फ २८ जना सहायक निर्देशक (अधिकृत तृतिय) र लेखातर्फ सहायक निर्देशक (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना र सहायक (सहायक द्वितीय) मा ३१ जना कर्मचारी माग गरेको हो ।

कात्तिक २८ गतेसम्म आवेदन दिनुपर्ने समय तोकेको बंैकले सहायक निर्देशकका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेको हुनुपर्नेछ ।

त्यस्तै लेखा र लेखापरीक्षणका लागि सीए, एसीसीए वा सीपीए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको छ ।

सहायक द्वितीयका लागि १८ वर्ष पूरा भएका, ३५ वर्ष ननाघेका र १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । तर महिलाको हकमा भने ४० वर्षसम्मको उमेर हद तोकिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  २ : १४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले