प्रभु बैंकले एक अर्बको डिबेञ्चर निस्काशन गर्ने « Khabarhub

प्रभु बैंकले एक अर्बको डिबेञ्चर निस्काशन गर्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको वाणिज्य बैंक प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

‘१०.२५ प्रभु डिबेन्चर २०८६’ को बिक्री खुला गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले दश लाख युनिट ऋणपत्र जारी गर्न लागेको हो । कूल एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिने छ ।

म्युचुअल फण्डका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गरिनेछ । दश वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । व्याज अर्धवार्षिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

यो ऋणपत्रमा कार्तिक २१ गतेदेखि छिटोमा कार्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको ऋणपत्र ढिलोमा मंसिर २० गतेसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन् । तर, व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।

ऋणपत्रमार्फत् जम्मा हुने रकमको ८० प्रतिशत ऋण प्रवाहमा, २० प्रतिशत तरलता प्रसोचन तथा व्यवसायमा खर्च गर्ने बैंकले जनाएको छ । हाल प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी छ । बैंकको १८६ वटा शाखा, २३ वटा एक्सटेन्सन काउण्टर, १५० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : १५ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक