११ लाख नेपाली र छ लाख भारुसहित दुई युवक पक्राउ « Khabarhub

११ लाख नेपाली र छ लाख भारुसहित दुई युवक पक्राउ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करिब ६ लाख भारतीय रुपैयाँसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर जाँदै गरेको अवस्थामा स्रोत नखुलेको रु ११ लाखसहित मटिहानी न.पा.६ बस्ने भोगेन्द्र पूर्वेका छोरा २४ वर्षीय जीवन पूर्वे पक्राउ परेका छन् ।

त्यस्तै जिल्लाको जलेश्वर–भिट्ठामोड सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनी नजिकबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा स्रोत नखुलेको पाँच लाख ७५ हजार भारुसहित जनकपुर उपमहानगरपालिका–८ बस्ने रामविलास महासेठका छोरा ३२ वर्षीय विजय महासेठ पक्राउ परेका छन् ।

दुवै युवकले नेपाली र भारुको अवैध सटही तथा सुन चाँदीको चोरी तस्करीजस्ता कारोवार गर्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको छुट्टाछुट्टै प्रहरी टोलीले दुवै युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  २ : ५० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।