तिहार बिदामा पनि निगमको डिपो खुल्ने « Khabarhub

तिहार बिदामा पनि निगमको डिपो खुल्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो ।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।

उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्दछ ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारकका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए । थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ ।

निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ । बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ३ : ५० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु