यस्तो छ मिरुना र आर्यन स्टारर ‘च च हुई’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ मिरुना र आर्यन स्टारर ‘च च हुई’ को ट्रेलर (भिडियो)


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको फिल्म युनिटले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी, एक्सन र रोमान्सले भरिएको ट्रेलरमा आर्यन र मिरुनाको प्रेम देखाइएको छ ।

साम्तेन भुटियाको सम्पादन र निर्देशन रहेको यो चलचित्र आर्यन र साम्तेनका कारण प्रतीक्षित चलचित्र पनि हो । साम्तेनलाई राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ ।

अमृत गोले लामाले लगानी गरेको यो चलचित्र एजीएल इन्टरनटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन देख्न सकिनेछ भने सिजन दाहाल र सन्देश अर्यालले पटकथा लेखेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : ११ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय