लक्ष्मीपूजाको दिन गर्न नहुने १८ काम, अन्यथा ढोकाबाटै लक्ष्मी फर्किन्छिन् | Khabarhub Khabarhub

लक्ष्मीपूजाको दिन गर्न नहुने १८ काम, अन्यथा ढोकाबाटै लक्ष्मी फर्किन्छिन्


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

यसपटक कार्तिक १० गते राति लक्ष्मीपूजा परेको छ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मीपूजाका दिन देवी लक्ष्मीको आराधनासहित स्वागद गर्दै दियो बाल्ने गरिन्छ ।

यो दिन लक्ष्मीलाई खुशी राखे सुख, सम्वृद्धि तथा धनयोग हुने विश्वास छ । तर, लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पु¥याउनु भने पर्छ । अन्यथा घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

नगर्नुस् यस्ता काम:

१. लक्ष्मीपूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइ सहित पूजापाठ गर्नुहोस् ।

२. लक्ष्मीपूजाको दिन नङ काट्नु हुँदैन । साथै दाह्री वा कपाल पनि काट्नु हुँदैन ।

३. पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मुर्ति राखेर पूजा गर्नुपर्छ ।

४. लक्ष्मीपूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन । साथै उपहारमा मिठाइ समेत थपेर दिनुहोस् ।

५. लक्ष्मी पूजा गर्दा तालि बजाउनु हुदैन, साथै ठुलो आवाजमा आरती समेत गाउनु हुदैन ।

६. लक्ष्मीपूजाको दिन झुट बोल्नु हुँदैन, तथा घरमा फोहोर राख्नु हुदैन । दया र दानको भावना राख्नुपर्दछ ।

७. देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन । यसलाई अपूरो मानिन्छ ।

८. लक्ष्मीपूजाको दिन पूजा कोठा सफा र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।

९. लक्ष्मीपूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।

१०. घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तरपूर्व दिशामा पूजा गर्नुपर्छ ।

११. पूजा गर्दा मात्र घिउमा दियो बाल्नुहोस्, दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।

१२. आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन साथै सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन ।

१३. लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात दियो, मैनबत्ति, फूल लगायतका वस्तु रातो हुनुपर्छ ।

१४. लक्ष्मीपूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।

१५. देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।

१६. लक्ष्मीपूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।

१७. लक्ष्मीपूजाको दिन माछामासु, मदिरा तथा धूम्रपानको सेवन गर्नुहुँदैन ।

१८. लक्ष्मी पूजाको दिन सकेसम्म सात्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : ३६ बजे

प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा  मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै 

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु  

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार