लाप्राकको एकीकृत बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त « Khabarhub

लाप्राकको एकीकृत बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् ।

सदरमुकाममा शनिबार पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीकृत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महिनाभित्र निर्माणको काम सम्पन्न हुने बताए । “लाप्राकको गुप्सीपाखामा एनआरएनएले निर्माण अघि बढाएको नमूनाबस्ती निर्माणको कामबाट पछि हट्ने कुरै हुँदैन,” उनले भने, “हामीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरेका छौँ, सम्झौताअनुसार काम सम्पन्न गर्छौं ।”

अध्यक्ष पन्तले लाप्राकको नमूनाबस्ती निर्माणका क्रममा त्यहाँ स्थानीयवासीले उपलब्ध गराउनुपर्ने केही सामग्री उपलब्ध गराउन ढिलाइ भएका कारण पुनःनिर्माणको काममा ढिलाइ भइरहेको बताए ।

एकीकृत नमूनाबस्तीमा पर्खाल लगाउने लगायतका भौतिक संरचना निर्माणका विषयमा छलफल भइरहेको भन्दै उनले बस्तीको बीचमा सडक निर्माण लगायतका केही विषयमा अहिले प्राधिकरणसँग कुराकानी गरिरहेको बताए ।

“प्राधिकरणसँग भएको सम्झौताअनुसार केही घरमा तला थप्ने काम बाँकी छ,” अध्यक्ष पन्तले भने, “शौचालय निर्माणको काम पनि लगभग अन्तिम चरणमा छ, ७० घरको शौचालय निर्माण भइसक्यो । तीन सय घरका लागि खाल्डो खनेर डिपिसीको काम सकिएको छ ।”

अबको दुई महिना भित्रमा लाप्राकमा एकीकृत नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भएअनुसार गैरआवासीय नेपाली सङ्घलाई दिएका सबै जिम्मेवारी पूरा गर्ने अध्यक्ष पन्तले प्रतिबद्धता व्यक्त गरे । “हामी हाम्रो सबै जिम्मेवारी पूरा गरी काम सकेर छिटोभन्दा छिटो हस्तान्तरण गर्ने प्रक्रियामा छौँ”, उनले भने ।

अध्यक्ष पन्तले सङ्घले गाउँपालिकासँग गरेका सम्झौताअनुसार लाभग्राहीले उपलब्ध गराउने भनिएको काठ तथा शौचालय निर्माणका लागि खाडल छिटो खन्नका लागि सहयोग गरिदिन आग्रह गरिएको बताए ।

“लाभग्राहीले शौचालय निर्माण आफैँ सम्पन्न गर्न चाहनुहुन्छ भने पनि एनआरएनएले एकमुष्ट त्यही बराबरको रकम उपलब्ध गराउने विषयमा गाउँपालिकासँग छलफल भइरहेको छ”, उनले भने ।

एक हप्ताभित्रमा गाउँपालिकाले शौचालय निर्माणका लागि आवश्यक खर्च रकमको स्टिमेट तयार गरी आफूहरुलाई बुझाउने सहमति भएको अध्यक्ष पन्तले बताए । बस्तीमा पर्खाल निर्माण र बीचबीचमा सडक निर्माणका लागि आवश्यक पर्ने अनुमानित रकम निकाल्न गाउँपालिका र एनआरएनएको संयुक्त समिति बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : २० बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन